६ कार्तिक २०८३, शुक्रबार

बिदामा रहेका स्वास्थ्यकर्मीलाई काममा फर्किन स्वास्थ्य मन्त्रालयको निर्देशन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । स्वास्थ्य मन्त्रालयले अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई आ–आफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर हुन निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै चिकित्सा विधामा अध्ययनरत विद्यार्थी तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजले उपचार व्यवस्थापनमा लगाउनुपर्ने समेत निर्देशन दिएको छ ।

विदेश जानेका लागि पीसीआर गर्ने हकमा सरकारी प्रयोगशाला र न्यूनतम १०० बेड भएका अस्पतालमा आधारित ए वर्गका प्रयोगशालाले परीक्षण गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।