
बुटवल, १९ वैशाख । नेकपा एमालेका सांसद लुम्बिनी प्रदेशसभा सदस्य दुगनारायण पाण्डेले लुम्बिनी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
कपिलबस्तु २(क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् । राजीनामा दिनुको ठोस कारण भने उनले खुलाएका छैनन् ।
‘राजनीतिक परिस्थिति नियाल्दै’ भन्ने शब्द प्रयोग गरेर उनले राजीनामा पेश गरेका छन् । केहीबेरअघि मात्रै उनको समेत समर्थनमा प्रदेश संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
















प्रतिक्रिया