
बुटवल, १९ वैशाख । लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री नेकपा माओवादीमा प्रवेश गरेसँगै बहुमतको सरकार बनाउन एमालेलाई समस्या परेको छ ।
सांसदको केसीको यो निर्णयसँगै १६८ को १ अनुसार बहुमत प्राप्त दलको हैसियतले सरकार बनाउने बाटो तत्कालका लागि बन्द भएको छ । तत्कालीन नेकपा रहँदै दाङबाट प्रदेशसभा ३ (ख) बाट उपचुनाव जितेकी केसी अहिले आएर माओवादी प्रवेश गरेकी हुन् ।
उनका पतिले तत्कालीन एमालेबाट चुनाव जितेका थिए । खत्रीले नेकपाबाट उपचुनाव जितेकाले उनको सांसद पद के हुन्छ भन्ने प्रष्ट छैन् । एमालेले दल त्याग गरेको भनेर उनलाई कारवाही गरेमा उनको सांसद पद रिक्त हुने छ ।
माओवादीमा प्रवेश गरेकी खत्रीलाई कारबाही गर्न नमिलेमा विपक्षको ४१ मत हुन्छ जुन सरकार बनाउनका लागि चाहिने बहुमत हो ।















प्रतिक्रिया