
काठमाडौं, १९ वैशाख । आकस्मिक रूपमा बसेको नेकपा एमाले स्थायी कमिटीको बैठक सम्पन्न भएको छ ।
बैठकले कोरोना भाइरसको बढ्दो जोखिम नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएको छ ।
‘बैठकले कोभिडका बिमारीहरूको उपचारका लागि आवश्यक पूर्वाधार, शैय्याहरू, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ,’ प्रवक्त ज्ञवालीले भने, ‘समग्र पार्टी पंक्तिलाई कोभिडविरुद्धको यस कठिन लडाईंमा स्वयम्सेवी रूपमा परिचालित हुन पनि बैठकले आह्वान गरेको छ ।’















प्रतिक्रिया