
उदयपुर, १९ वैशाख । हिजो शनिबार बिहान आएको हावाहुरीबाट चौदन्डिगढी नगरपालिकाका विभिन्न वडामा गरी करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
नगरपालिकाको वडाहरु २, ३ र ४ का ५० वटा घरको छानो उडाई करिब ८० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय बेल्टारबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरेको थियो ।















प्रतिक्रिया