२ कार्तिक २०८३, सोमबार

भारतमा कोरोना भाइरसका ३६८८ जना संक्रमितले एकैदिन गुमाए ज्यान, संक्रमित कति थपिए ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, १९ वैशाख । भारतमा कोरोना भाइरसको संक्रमणबाट एकदिन ३ हजार ६८८ जना संक्रमितले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा ज्यान गुमाएकाको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गएको अप्रिल २८ तारिखमा एकैदिन ३ हजार ६४७ जनाको मृत्यु भएको थियो । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख १५ हजार नाघेको छ ।

त्यस्तै भारतमा पछिल्लो पटक ३ लाख ९२ हजार भन्दा बढी जनामा संक्रमण पुष्टि भएको छ । यो । संक्रमित हुनेको संख्या भने अघिल्लो दिनको तुलनामा भने केही कम हो । अघिल्लो दिन हालसम्मकै उच्च ४ लाख २ हजार जनामा संक्रमण पुष्टि भएको थियो ।