९ कार्तिक २०८३, सोमबार

पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तानसेन, १९ वैशाख । पाल्पा जिल्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

तिनाउँ गाउँपालिका– १ कचल मुहान टोल बस्ने कर्णबहादुर उचईको घरमा शनिबार राति चट्याङ पर्दा १६ वर्षीय प्रेमबहादुर बगाले मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते बगालेलाई उपचारका लागि लुम्बिनी मेडिकल केलज प्रभास पाल्पा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

चट्याङ लागेर १५ वर्षीया ईन्दिरा उचई घाइते भएकी छिन् । उनको अवस्था सामान्य छ ।

चट्याङ लागेर रैनादेवी छहरा गाउँपालिका– ४ घर भई हाल तिनाउँ गाउँपालिका– १ बस्ने वर्ष १९ का रामु गाहा घाइते भएका छन् । उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए ।