
काठमाडौं, १९ वैशाख । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी मंगलबारसम्मै देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना औंल्याएको छ ।
महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा मौसम बदली हुने छ । महाशाखाले गण्डकी र बागमती प्रदेशमा आज बिहानैदेखि पानी परिरहेको बताएको छ । गण्डकी प्रदेशको पहाडी भेग र बागमती प्रदेशका काठमाडौंसहितका सबैजसो स्थानमा रातिदेखि वर्षा भइरहेको छ ।
आगामी तीन दिनसम्म मौसम बदली हुने र दिउँसोपछि मेघगर्जनसहित वर्षा हुने क्रम जारी रहने बताइएको छ ।















प्रतिक्रिया