५ मंसिर २०८३, शनिबार

लुम्बिनी प्रदेशको अधिवेशन आजबाट शुरु हुँदै, अविश्वास प्रस्ताव अगाडि बढ्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १९ वैशाख । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ ।

विशेष अधिवेशनले एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्ताव टुंगो लगाउनेछ ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा सत्ता पक्ष र विपक्षी दलका सांसदहरूले अविश्वास प्रस्तावमाथि आ–आफ्ना धारणा राख्ने छन् ।

सोमबार मुख्यमन्त्री पोखरेलले छलफलमा उठेका विषयमाथि आफ्नो भनाइ राखेपछि अविश्वास प्रस्तावमाथि मतदान हुनेछ ।