१४ कार्तिक २०८३, शनिबार

नेता झलनाथ खनालमा कोरोना पुष्टि, अक्सिजनको सपोर्टमा उपचार

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ वैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल यस नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

शनिबार साँझदेखि अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ ।

उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखेर उपचार भइरहेको अस्पतालका प्रमुख–कर्पोरेट कम्युनिकेसन अधिकारी सोमनाथ बास्तोलाले जनाएका छन् । त्यस्तै उनको बाँकी स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।