६ कार्तिक २०८३, शुक्रबार

आफू आत्मालोचित हुँदै बामदेवले गरे नेताहरुलाई एकताबद्ध हुन आग्रह

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । नेकपा एमालेका नेता वामदेव गौतमले कम्युनिष्ट एकता जोगाउन नसकेकोप्रति आत्मालोचना गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिवसको अवसरमार शुभकामना सन्देश लेख्दै नेता गौतमले नेताहरुलाई आत्मालोचित भएर नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आग्रह समेत गरेका छन् । उनले आफूबाट भएको गल्ती र कमजोरीप्रति पनि आत्मालोचना गरेका छन् ।

‘मबाट पनि यस बीचमा केही कमजोरी र गल्ती भएका छन् । आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित छु । तिनलाई सच्याउन लागिपरेको पनि छु,’ गौतमले सामाजिक सञ्जालमा लेखेका छन् ।

अरु नेताहरुले पनि आत्मालोचना गर्नुपर्ने उनको भनाइ छ । ‘हामी सबै नेता–कार्यकर्ताहरुका लागि आफ्ना गल्ती कमजोरीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गछौं भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन हो ।’

प्रेस विज्ञप्ति:
आज सन 2021 को मे दिवस अथवा संगठित सर्वहारा वर्गले आफ्नो रगतको आहालमा उभिएर संसारभरिका आततायी पूँजीपतिहरुका विरुद्धको लड़ाइमा पहिलो सफलता घोषणा गरेको दिन,
यस अवसरमा म नेपाल र संसार भरिका अग्रगामी जनतालाई हार्दिक शुभकामना दिन्छु!!
मे दिवसकै वाटोमा दृढतापूर्वक अगाडिवढेर आज नेपाली श्रमजीवीवर्गले ऐतिहासिक सफलता प्राप्त गरेको छ। तर अहिले श्रमजीवी वर्गका नेताहरुले सत्ता स्वार्थ प्रेरित कायाकलापवाट श्रमजीवीवर्गीय आन्दोलनलाई छिया छिया वनाइ रहेकाछन्।यो कृयाकलाप रोक्न सकिएन भने प्रतिगमन प्रतिष्थापित हुनेछ। ऐतिहासिक उपलब्धि समाप्त हनेछन् र नेपालीको उज्ज्वल भविष्य जोडिएको संवृद्ध समाजवादमा पचासौं वर्षसम्म पर्दा लाग्नेछ।
तसर्थ आजको दिन कम्युनिस्ट आन्दोलनमा लागेका हामीसवै नेता-कार्यकर्ताहरुका लागि आफ्ना गल्ति कमजोरी प्रति आत्मालोचितहुंदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः
एकतावद्ध गर्छौ भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन हो।
म वाट पनि यस विच केही कमजोरी र गल्ति भएकाछन्। आफ्ना गल्ति र कमजोरी प्रति आत्मालोचित छु तिनलाई सच्याउन लागि परेको पनि छु।भविष्यमा सवै क्रमश: स्पष्ट हुदैजाने
छन्।
~वामदेव गौतम
~सदस्य नेकपा ( एमाले )
~संयोजक ,पार्टी एकता राष्ट्रीय अभियान
1 मे 2021