१४ कार्तिक २०८३, शनिबार

हेटौँडामा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ वैशाख । हेटौँडामा कार र मोटरसाईकल ठोक्किँदा एक जनाको मृृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना ३८ प ९३५३ नम्वरको मोटरसाइकल र बा ८ च २९५३ नम्वरको कार आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटना पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा भएको हो । दुर्घटनामा मोटरसाइकल चालक बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्वर–४ का ३५ वर्षीय सञ्जय कुमार शुक्लाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा नवलपरासी जिल्ला निवासी बर्ष अन्दाजी ३३ की ज्योति अर्याल घाइते भएकी छिन् ।

घाइते भएकी अर्यालको हेटौँडा उपमहानगरपालिका वडा नम्वर–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।