१४ कार्तिक २०८३, शनिबार

गुल्मीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, १८ वैशाख । गुल्मीमा कोरोनाभाइरस संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका १ तम्घासमा बस्दै आएका ४८ वर्षीय पुरुष र बुटवलमा बस्दै आएकी इस्मा गाउँपालिकाकी ७६ वर्षीया महिला रहेका छन् ।

संक्रमित पुरुषको बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै, महिलाको भने भैरहवा युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको हो ।

यससहित गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।