३ कार्तिक २०८३, मंगलबार

हेमन्तको ‘सारङ्गीसँग’ मा गायिका कृष्णा परियार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं, १८ वैशाख । सारंगी बाधक तथा गायक हेमन्त कान्छा रसाइलीले ‘सारङ्गीसँग’ कार्यक्रमको पहिलो अंक सार्वजनिक गरेका छन् ।

सारङ्गीको संरक्षण, संवर्द्धन तथा मौलिकतालाई खोज्ने प्रयास स्वरुप सारङ्गीसँग कार्यक्रम हेमन्तले शुरू गरेका थिए । सोही कार्यक्रमको पहिलो अंकमा गायिका कृष्णा परियारलाई ल्याएका छन् ।

सपना रसाइली र अभिषेक रसाइली प्रोड्युसर रहेको ‘सारङ्गीसँग’ कार्यक्रमलाई गायक हेमन्त आफैले निर्देशन सञ्चालन गर्ने छन् । यस्तै, भरत बुढाथोकी र अनिल मगर मादलमा छन भने, बाँसुरीमा सञ्जिव मैनाली रहेका छन् ।

मिराज अर्याल र दिपक बिटिएलको छायांकनमा तयार भएको कार्यक्रमको सम्पादन मिराज अर्याल (रीमा फिल्मस्) ले नै गरेका हुन्, भने अडियोमा बिक्रम काउछा र कमल काउछा रहेका छन् । यस्तै, न्यारेसन शर्मिला अर्यालको रहेको छ ।