५ मंसिर २०८३, शनिबार

नेपाल समूहका १५ जनप्रतिनिधिसँग स्पष्टीकरण माग

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, १८ वैशाख । दैलेख जिल्लामा एमालेको संस्थापन समूहले माधव नेपाल पक्षका १५ जना जनप्रतिनिधिसँग स्पष्टीकरण सोधिएको छ ।

एमाले माधव समूहले बरुनाथ योगीको अध्यक्षतामा १ सय ८५ सदस्यीय जिल्ला कमिटी समानान्तरण बनाएको छ । संस्थापन समूहले माधव समूहका जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको हो ।

एमालेका अध्यक्ष रविन्द्रराज शर्माको अध्यक्षतामा बिहीबार बसेको २७ औं सचिवालय बैंठकबाट पार्टी एकता विरोधी गतिविधिमा संलग्न भएको भन्दै गाउँपालिका अध्यक्षदेखि उपमेयर, उपाध्यक्ष, वडाध्यक्षदेखि वडा सदस्यसम्मलाई स्पष्टीकरण सोधेको छ ।

स्पष्टीकरण सोधिनेमा नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, वडा नम्वर –१ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठ, नगरसभा सदस्य रमेश केसी, हर्कबहादुर नेपाली र नमराज शाही, महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, चामुण्डा विन्द्रासैनी नगरपालिकका उपमेयर ताराकुमारी शाही, नौमुले गाउँपालिका –४ का वडाध्यक्ष गजबहादुर ढेंगामगर, गाउँसभा सदस्य दीपक हमाल, भगवतीमाई गाउँपालिकाका –४ का वडाध्यक्ष कृष्णबहादुर थापा, २ का वडाध्यक्ष कर्णबहादुर शाही, डुगेश्वर गाउँपालिका –२ का वडाध्यक्ष राजु केसी, आठवीस नगरपालिका –५ का वडाध्यक्ष कर्णबहादुर आले र गुराँस गाउँपालिकाका गाउँसभा सदस्य पशुपति शर्मा छन् ।

प्रदेश कमिटी सदस्य टेकबहादुर खाण, बरुनाथ योगी, सावित्री मल्ल, मयाराम अधिकारीलाई आवश्यक कार्बाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरिएको छ । स्पष्टीकरणमा चित्तबुझदो जवाफ नआएमा र पार्टीको हितविपरित जाने जो कोहीलाई पनि दलको विधानअनुसार कार्बाही हुने एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले बताए ।

पार्टीका जिल्ला सदस्यदेखि गाउँपालिकाका पदाधिकारी र विभिन्न भ्रातृ संगठनका ११ जनालाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको जनाइएको छ ।

समानान्तर कमिटीका अध्यक्ष बरुनाथ योगीले आफूहरूलेले एमाले पुनर्गठन गरेकोले आधिकारिक आफूहरू भएको दाबी गर्दै स्पष्टीकरण र कार्बाहीको धम्कीले फरक नपर्ने बताएका छन् ।