१४ कार्तिक २०८३, शनिबार

सरकारी कार्यालय र वित्तीय संस्थालाई एक चौथाई कर्मचारी राखेर मात्रै सेवा दिन सीसीएमसीको निर्देशन

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ वैशाख । कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले बैंक तथा वित्तीय संस्थाहरुलाई एक चौथाइ कर्मचारी मात्रै राखेर सेवा प्रदान गर्न गराउन निर्देशन दिएको छ ।

शुक्रबार बसेको सीसीएमसीको बैठकले दोस्रो लहरको कोरोना संक्रमण तीव्र बनेकाले एक चाैथाइ कर्मचारी मात्रै राखेर सेवा दिन सबै कार्यालयहरुलाइ निर्देशन गरेकाे उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन् ।

त्यस्तै, बैठकले हाल ३५ वटा सीमानाका सञ्चालनमा रहेकोमा अब १३ वटा सीमा नाकाहरु सञ्चालन गर्न मन्त्रिपरिषद समक्ष सिफारिस गरेको छ ।

जसमा काकारभिट्टा, गौर, वीरगञ्ज, बेलैया, कृष्णनगर, जमुना, पुलघाट, झुमाघाट, गौरी फट्टा, गड्डाचौकी रहेका छन् ।

त्यस्तै, होटल क्वारेन्टाइन नमान्नेलाई जरीवाना गर्ने पनि बैठकले निर्णय गरेको छ ।