
काठमाडौँ, १७ वैशाख । गण्डकी प्रदेशमा शुक्रबार २७४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
६१८ जनाको नमुना संकलन गर्दा २७४ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा सबैभन्दा धेरै कास्कीको पोखरामा १६३ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
त्यस्तै, तनहुँका ७ जनामा पोजेटिभ देखिएको छ । गोरखाका ४३ जना, लमजुङका १ जना, नवलपुरका १७ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ ।
त्यस्तै स्याङजाका ९ जना पोजेटिभ, पर्वतका २ जना, बाग्लुङका २३ जना पोजेटिभ र म्याग्दी ९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय ४५ पुगेको छ । त्यसमध्ये सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ७२ जना कोरोनामुक्त भएका छन् । योसँगै, गण्डकीमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ८ सय ८२ पुगेको छ ।












प्रतिक्रिया