
काठमाडौँ, १७ वैशाख । प्रदेश १ मा थप २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर २९१ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार मोरङमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, तेह्रथुम र पाँचथरमा १–१ जना छन् भने प्रदेश १ बाहिरका १३ जनामा पनि संक्रमण देखिएको जनाएको छ ।












प्रतिक्रिया