१४ कार्तिक २०८३, शनिबार

मोरङको विराटनगरसहित तीन गाउँपालिकामा निषेधाज्ञा जारी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १७ वैशाख । मोरङको विराटनगरसहित ३ गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार राती १२ बजेदेखि लागू हुनेगरी ७ दिनका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोनाको दोस्रो लहरको संक्रमण तीव्र बन्दै गएपछि निषेधाज्ञा जारी गरिएको बताए ।

उनले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका,जहदाँ गाउँपालिका तथा कटहरी गाउँपालिकाको १, २ ३ र ४ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको बताए । शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक वस्तु बाहेकका सेवाहरू बन्द गर्ने निर्णय गरेको हो ।