
काठमाडौँ, १७ वैशाख । काठमाडौँको बौद्धस्थित फूलबारीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार ५६ वर्षीय छिरिङ कुमार लामा मृत अवस्थामा फेला परेका हुन् ।
बिहीबार विहान काठमाडौँ महानगरपालिका–६ स्थित धाराटोल घरबाट निस्किएका उनको शवको कानबाट रगत बगेको अवस्थामा भेटिएको छ ।
उनी मदिरा सेवनमा लत लागेका थिए । उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया