२ कार्तिक २०८३, सोमबार

पर्व मनाउने क्रममा इजरायलमा ३८ जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इजरायल, १७ वैशाख । इजरायलमा पर्व मनाउने क्रममा भागदौड हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको छ ।

माउन्ट मेरोनको फेदीमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा उनीहरूको ज्यान गएको बीबीसीले जनाएको छ । पर्वमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए ।

घटनास्थलमा घाइतेहरूको उद्धार र उपचार भइरहेको छ । धेरै भीड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उद्धारकर्मीहरूले बताएका छन् । वार्षिक रुपमा हुँदै आएको पर्व मेला गएको वर्ष कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण रोकिएको थियो ।

यस वर्ष अत्याधिक भीडभाड रहेकाले कोरोना सङ्क्रमण थप फैलने जोखिम समेत बढेको छ ।