२९ आश्विन २०८३, बिहिबार

हेलिकोप्टर आकाशमै दुर्घटना, पाँच जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

helicopterसाओ पाउलो (ब्राजिल), २० चैत । ब्राजिलको साओ पाउलो राज्यमा बिहीबार अपराह्नमा भएको एक हेलिकोप्टर दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ ।

सो दुर्घटनामा ज्यान गुमाउनेहरुमा राज्य गभर्नर गेराल्डो अकमिनका छोरा पनि परेका स्थानीय सञ्चारमाध्यमले फोल्हा डे एस पाउलोले जनाएको छ ।

कोरासिकुइबाको आवासीय क्षेत्रको एक घरमा १७ देखि २० मिनेटभित्र खसेको बताइएको छ । सो हेलिकोप्टर दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको बताइएको छ ।

सो दुर्घटनामा ज्यान गुमाउनेमा सो राज्यका गभर्नरका कान्छो छोरा थोमाज रोद्रिगुएस रहेका जनाइएको छ ।

थोमाज हेलिकोप्टर प्रशिक्षणको लागि गएका बताइएको छ । एक सुपरमार्केट नजिकै भएको सो दुर्घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ । रासस/सिन्ह्वा