
काठमाडौं, १६ वैशाख । गीतकार प्रल्हाद शाहको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ ।
परानै दिन्छु, मंगली, सरला जस्ता चर्चित गीतका रचनाकार प्रल्हाद शाहको ‘सयौं कारण’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा रामकृष्ण ढकालको आवाज तथा हरी लम्सालको संगीत रहेको छ ।
गणेश शाहीले निर्देशन गरेको भिडियोमा अभिनेत्री सुपुष्पा भट्ट र मोडल दिपक घिमिरे फिचर्ड छन् । अनिल के मानन्धरले छायाँकन गरेको भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन् । रोमान्टिक नम्बरको गीतको भिडियोलाई निर्देशक शाहीले आकर्षक बनाएका छन् ।
भाका इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भिडियोलाई होप इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले प्रायोजन गरेको छ । डिल्लीबजारमा रहेको होप इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले अस्ट्रेलिया, युके, अमेरिका, न्युजिल्यान्ड, क्यानाडालगायत युरोपका केही देशहरुमा विद्यार्थीहरुलाई अध्ययनका लागि पठाउने गर्दछ ।















प्रतिक्रिया