३ कार्तिक २०८३, मंगलबार

दाईको हत्या अभियोगमा नायिका शनाया पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । भारतको कन्नाडा फिल्मकी अभिनेत्री शनाया कट्वे दाइको हत्या आरोपमा पक्राउ परेकी छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । उनलाई अहिले हिरासतमा राखिएको छ ।

आफ्नो प्रेम सम्बन्धलाई अस्वीकार गरेको आरोपमा कट्वेले प्रेमीसँग मिलेर दाइको हत्या गरेको आरोप लागेको छ । शनायाका दाइ ३२ वर्षीय राकेश कट्वेको केही दिनअघि हुबलीस्थित घरमै हत्या भएको थियो ।

हत्यापछि उनको शरीर र टाउको छुट्याएर अलग–अलग ठाउँमा फालिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा अरू चार जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा शनायाका प्रेमी पनि छन् ।

शनायाले सन् २०१८ मा ‘इदम प्रेमम जीवनम’ बाट कन्नाडा फिल्ममा डेब्यू गरेकी थिइन् । उनको ‘ओन्डु घन्टेया काठे’ फिल्म आउँदैछ ।