काठमाडौं, १६ वैशाख । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई आज शल्यक्रियाको लागि अस्पताल भर्ना हुने भएका छन् ।
उनी न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि भर्ना हुन लागेका हुन् । उनको काठमाडौंस्थित वीर अस्पतालमा डा।सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया गरिने भएको हो ।
उनको शल्यक्रिया भने भोली अर्थात १७ गते हुने जनाइएको छ। यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गराएका थिए ।
वायोप्सी परीक्षण,सिटि स्क्यान सहित अन्य परीक्षणपछि चिकित्सकहरूले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका थिए ।
शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो । चिकित्सकको सुझावअनुसार नै अध्यक्ष भट्टराईले अहिले नेपालकै सरकारी अस्पताल वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लागेका हुन् ।











प्रतिक्रिया