काठमाडौं, १५ वैशाख । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्चस्तरीय र्यापिड रेस्पोन्स टिम बनाएको छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न मन्त्रालयले टिम बनाएको हो ।
मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न सम्पर्क व्यक्ति पनि तोकेको छ ।
आपूर्ति व्यवस्थापनका लागि प्रेम कुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिको विषयमा डा.श्रीराम घिमिरे र उत्पादनशील उद्योगका लागि नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा। नारायण प्रसाद रेग्मीलाई सम्पर्क व्यक्ति तोकिएको छ ।











प्रतिक्रिया