२ कार्तिक २०८३, सोमबार

कोरोना बढेपछि बंगलादेशद्वारा भारतसँगको सिमाना सिल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १४ वैशाख । भारतमा कोरोनाभाइरसको संक्रमण बढेपछि छिमेकी मुलुक बंगालदेशले भारतसँगको सीमा सिल गरेको छ ।

बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनमा सोमबारदेखि १४ दिनका लागि भारतबाट बंगलादेशमा प्रवेश बन्द गरिएको हो ।

नाका सिल भए पनि सामानहरूको ढुवानी भने जारी रहनेछ । बंगलादेशले यसअघि अप्रिल १४ बाट भारतसँगको हवाई सम्पर्क बन्द गरेको थियो ।

पछिल्लो समय भारत कोरोनाको हटस्पट बनेको छ । सोमबार भारतभरि ३ लाख १९ हजार मानिसमा कोरोना संक्रमण भएको थियो भने २ हजार ७ सयले ज्यान गुमाएका थिए ।