मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीसँग क्रिष्टल प्यालेस पराजित

दैनिक नेपाल २०७८ वैशाख १४ गते ८:४५

लण्डन, १४ वैशाख । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई २–१ गोलले पराजित गरेको छ ।

लेस्टरको लागि क्यास्टानियोले ५० औँ र इहानाचोले ८० औँ मिनेटमा गोल गरेका हुन् । क्रिस्टल प्यालेसका लागि जाहले १२ औँ मिनेटमा एक गोल गर्दै अग्रता बनाए पनि जोगाउन सकेनन् ।

जितसँगै लेस्टर सिटी ६२ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । ३८ अङ्क रहेको क्रिस्टल १३ औं स्थानमा छ ।

लिगमा म्यानचेस्टर सिटी ७७ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । म्यानचेस्टर युनाइटेड ६७ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित