५ मंसिर २०८३, शनिबार

दैलेख एमालेमा माधव नेपाल समूहको समानान्तर कमिटी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, १४ वैशाख । दैलेख जिल्लामा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला कमिटी गठन गरेको घोषणा गरेको छ ।

बरुनाथ योगीको अध्यक्षतामा १ सय ८५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।

वरिष्ठ प्रदेश सदस्य टेकबहादुर खाणले अध्यक्ष लगायत ४ सदस्यीय पदाधिकारीलाई सपथ खुवाएका थिए ।

उनीहरुले नेकपा एमाले जिल्ला कमिटी पुनर्गठन गरिएको बताएका छन्। पालिका हुँदै वडासम्मै कमिटी विस्तार हुने जनाइएको छ ।

१ सय ८५ सदस्यीय नेकपा एमाले पुनर्गठन भएको अध्यक्ष बरुनाथ योगीले बताए । जिल्ला कमिटी घोषणा सभामा कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा पनि सहभागी थिए ।