१४ कार्तिक २०८३, शनिबार

उपत्यकामा वैशाख १६ देखि २२ सम्म अत्यावश्यक बाहेकका सेवा बन्द

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ वैशाख । काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको छ ।

सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन जारी गरेका हुन् । पछिल्लो समय कोरोना महामारीको हटस्पट बन्दै गएको उपत्यकामा संक्रमण नियन्त्रणका लागि यस्तो कदम चालिएको हो ।