
काठमाडौँ, १३ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
१२ हजार ४ सय जनाको पीसीआर र ८९३ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ३ लाख ३ सय ५६१ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३७८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७७ हजार ९ सय ५१ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ४ सय ३४ जना रहेको छ ।
त्यस्तै, एकै दिनमा काठमाडौँमा मात्रै १५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा २२३ र भक्तपुरमा १२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, नेपालमा हाल काठमाडौँ उपत्यकाका तीन जिल्लासहित, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय ७६ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया