१४ कार्तिक २०८३, शनिबार

काठमाडौँमा एकै दिन करिब १६ सय जनामा कोरोना संक्रमण, उपत्यकामा कति ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ वैशाख । बितेको २४ घण्टामा काठमाडौँमा मात्रै १५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै ललितपुरमा २२३ र भक्तपुरमा १२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार काठमाडौँमा हाल ६४४ जना संस्थागत आइसोलेशन तथा ९४ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा रहेका छन् ।

नेपालमा हाल काठमाडौँ उपत्यकाका तीन जिल्लासहित, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

१२ हजार ४ सय जनाको पीसीआर र ८९३ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ३ लाख ३ सय ५६१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३७८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७७ हजार ९ सय ५१ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ४ सय ३४ जना रहेको छ ।

२४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय ७६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २४ लाख १७ हजार ४ सय १७ जनाको पीसीआर परीक्षण भइसकेको छ ।