
धनुषा, १३ वैशाख । धरानमा उपचाररत धनुषाका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा सोमबार जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने ४८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
अस्पतालका अनुसार मृतकमा उच्च रक्तचापको पनि समस्या रहेको थियो । उनलाई वैशाख ९ मा प्रतिष्ठानमा भर्ना गरिएकोमा वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।












प्रतिक्रिया