९ कार्तिक २०८३, सोमबार

जन्ती बोकेको जीप दुर्घटना, १२ जना घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १३ वौख । कञ्चनपुरबाट जन्ती बोकेर बैतडीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन ।

बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ हीरापुरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् ।

जन्ती लिएर कञ्चनपुरको महेन्द्रनगरबाट गोकुलेश्वरका लागि फर्कंदै गर्दा सुदुरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ बजेर ५० मिनेटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुलहा, दुलहीसहित १२ जना घाइते छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक किशोरसिंह ऐरले बताएका छन ।