२ कार्तिक २०८३, सोमबार

आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी, हैदराबाद पराजित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

आइतबार राति चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै दिल्ली चौथो पटक विजयी भएको हो ।

जितसँगै दिल्ली खेल तालिकाको दोस्रो स्थानमा पुगेको छ । दिल्लीले ५ खेलमा ८ अङ्क जोडेको छ ।

दिल्लीले दिएको १६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन मात्रै बनाउन सक्यो । त्यसपछि खेलको छिनोफानो सुपर ओभरमा गरिएको छ ।

सुपर ओभरमा हैदराबादले ७ रन बनाएको थियो । जवाफमा दिल्लीले ८ रन जोड्दै विजयी भएको छ । सुपर ओभरमा जानुअघि हैदराबादका केन विलियम्सनले ६६ रनको अर्धशतकीय योगदान गरेका थिए ।