१४ कार्तिक २०८३, शनिबार

आइतबार ३ हजार १२२ जनामा कोरोना संक्रमण

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

९ हजार २९२ जनाको पीसीआर र ७९६ जनाको एन्टिजेन परीक्षण भएको गौतमले जनाए ।

यससँगै कुल संक्रमितको संख्या ३ लाख १ सय १९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४५० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७७ हजार ५ सय ७३ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ जना रहेको छ ।

२४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय ६४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २४ लाख ५ हजार १७ जनाको पीसीआर परीक्षण भइसकेको छ ।