६ कार्तिक २०८३, शुक्रबार

इमाडोलबाट नक्कली नोटसहित मुनबहादुर पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । ललितपुरको इमाडोलबाट नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको माछापोखरी बस्ने हुम्ला सार्केटार गाउँपालिका–७ जैर घर भएका १९ वर्षीय मुनबहादुर रावत छन् । उनलाई ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट १ हजार दरको नक्कली जस्तो देखिने ५ थान नोटसहित बिहीबार राति पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उक्त ठाउँमा नक्कली पैसाको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ग्वार्खोबाट ईमाडोलतर्फ आउँदै गरेका रावतलाई शंका लागि शरीर तलासी गर्दा उक्त नक्कली नोटसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

साथै उनको साथबाट सक्कली नोट जस्तो देखिने ५ हजार ५०० रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । उनीउपर जिल्ला अदालत ललितपुरबाट मुद्रासम्बन्धी कसूर मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।