६ कार्तिक २०८३, शुक्रबार

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, केन्द्रीय कार्यसमितिको एजेण्डाबारे छलफल हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । भोलि सोमबार बस्ने केन्द्रीय कार्यसमितिको एजेण्डा र भावि सत्ता समीकरणबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज आइतबार बस्दैछ ।

पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डामा सहमति जुटाउन र भावी सत्ता समीकरणबारे भइरहेको पहलबारे जानकारी दिलाउन पदाधिकारी बैठक बस्न लागेको बताइएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो दुई बजे बस्ने बैठकमा महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणमा भइरहेको प्रगति र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

साथै सो बैठकमा आगामी जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका बारेमा पनि छलफल हुने छ । कांग्रेस केन्द्रीय समितिको बैठक भने भोलि दिउँसो २ बजे सानेपामा बस्दैछ ।