३ कार्तिक २०८३, मंगलबार

अजय देवगनले वेब सिरिजमा काम गर्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता तथा निर्माता अजय देवगनले बेलायती शृंखला ‘लुथर’को रिमेकबाट वेब सिरिजमा डेब्यू गर्दैछन् । ‘रुद्रः द एज अफ डार्कनेस’ नाम रहने यो वेब सिरिजमा अजयले काम गर्ने घोषणा भएको हो ।

स्क्रोल डट इनका अनुसार एप्लाउज इन्टरटेनमेन्ट र बीबीसी स्टुडियोज इन्डियाको सह–निर्माणमा सार्वजनिक हुने ‘रुद्रः द एज अफ डार्कनेस’ पछिल्लो शृंखला हो । रुद्र आगामी केही महिनामा डिज्नी हटस्टारमा प्रसारित हुनेछ ।

साइकोलोजिकल क्राइम थ्रिलर ‘लुथर’मा अजय इद्रिस एल्बा पात्रको भूमिकामा देखिनेछन् । एल्बा लन्डनको पुलिस अफिसर हो जो खतरनाक अपराध अनुसन्धान संलग्न हुन्छ ।

५ भागको श्रृंखला भारतमा अमेजन प्राइम भिडियोमा उपलब्ध हुनेछ । लुथर यसअघि रूसी, कोरियाली र फ्रेन्च भाषामा रिमेक भइसकेको छ ।

अजयले भनेका छन्, ‘पर्दामा प्रहरीको भूमिकामा देखिनु मेरा लागि नयाँ होइन, तर यस पटकको चरित्र अझै गहन, जटिल र डार्क छ ।’