६ कार्तिक २०८३, शुक्रबार

कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १२ वैशाख । कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका–३ का ६२ वर्षीय पुरुषको आज आइतबार बिहान मृत्यु भएको हो । कोरोना संक्रमणपछि वैशाख ८ गते अस्पताल भर्ना भएका ती पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले पुष्टि गरेको छ ।

वैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषमा निमोनिया र श्वासप्रस्वासको समस्या पनि देखिएको थियो ।