
काठमाडौँ, ११ वैशाख । भारतमा एकै दिनमा ३ लाख ४७ हजार ७८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सङ्ख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै विश्वमा सबैभन्दा धेरै हो । एकै दिन यति धेरै संक्रमित संख्या विश्वमै पहिलो भएको समाचारमा जनाइएको छ ।
त्यस्तै, केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पछिल्लो एक दिनमा दुई हजार ६२४ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् ।
योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक लाख ८९ हजार ५४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल एक करोड ६६ लाख १० हजार ४८१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।
त्यस्तै, २५ लाख ५२ हजार ९४० जना सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी अहिलेसम्म एक करोड ३८ लाख ६७ हजार ९९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये दुई लाख १९ हजार ८३८ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् । जनवरीदेखि भारतमा संक्रमणको गति तीव्र बनिरहेको छ ।















प्रतिक्रिया