
काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँगै ढलेर पुनर्जीवन पाएकी रमिला श्रेष्ठलाई सम्मान गरेका छन् ।
आज शनिबार धरहराको उद्घाटनपछि आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई सम्मान गरेका हुन् । २०७२ वैशाख १२ गते गएको भूकम्पमा धरहरा ढल्दा रमिला धरहराको टुप्पोमा थिइन् । धरहरासँगै ढलेकी उनी संयोगले घाइते मात्र भइन् र पुनर्जीवन पनि पाइन् ।
यस्तै प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई प्रशंसापत्र प्रदान गरेका छन् ।















प्रतिक्रिया