२ कार्तिक २०८३, सोमबार

आईपीएलमा पञ्जाबसँग मुम्बई पराजित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ११ वैशाख । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा पञ्जाब किङ्ग्सले साविक विजेता मुम्बई इण्डियन्सलाई ९ विकेटले पराजित गरेको छ ।

शुक्रबार राति भएको खेलमा मुम्बईले दिएको १ सय ३२ रनको लक्ष्य पञ्जाबले १७ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो ।

पञ्जाबको जितमा लोकेश राहुलले ६३ रनको अर्धशतकीय पारी खेले । यस्तै क्रिस गेलले ४३, मायाङ्क अग्रवालले २५ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । आईपीएलमा आज राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्स खेल्दै छन् ।