५ मंसिर २०८३, शनिबार

संगठन युवा संघमा कार्यविभाजन, क–कसले पाए जिम्मेवारी ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । सत्तारुढ एमालेको भ्रातृ संगठन युवा संघ नेपालले जिम्मेवारी बाँडफाँड गरेको छ ।

शुक्रबार सर्कुलर जारी गरेर संघका केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरिएको हो । संघका अध्यक्ष नरेश शाहीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले जिम्मेवारी बाँडफाँड गरेको थियो ।

संगठनको दैनिक गतिविधि सञ्चालन गर्न संघका अध्यक्ष शाहीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यालय कमिटी गठन गरिएको छ । सदस्यमा बरिष्ठ उपाध्यक्ष क्रान्ति बुर्लाकोटी, उपाध्यक्ष कृष्णहरि केसी, उपाध्यक्ष नितेश पौडेल, महासचिव दीपक जिएम, उपमहासचिवहरू सञ्जीप राई, रोशन थापा, अशोककुमार दाहाल, निर्भिक खनाल, सचिव नरेश गिरी र कोषाध्यक्ष दीपक दुवाडी रहेका छन ।

संघका पूर्व उपाध्यक्ष हस्तबहादुर शाही संयोजक र संघका पूर्व सचिव सुरेन्द्रमान कार्की सचिव रहेको २१ सदस्यीय सल्लाहकार समिति गठन भएको युवा संघका प्रचार बिभाग प्रमुख संजिप राईले बताए ।

युवाको वर्तमान अवस्था, चुनौति, अबका मुद्धाहरू र समाधानको उपायको लागि विस्तृत अध्ययन गरी १ महिनाभित्र प्रतिवेदन कार्यालय कमिटीमा बुझाउने गरी उप–महासचिव निर्भिक खनालको संयोजकत्वमा संघले अध्ययन कार्यदल गठन गरेको छ ।

प्रदेश १ को इन्चार्जमा मुना शर्मा, सह–इन्चार्जमा गौरिमान परियार, नरेन्द्र बस्नेत, संयोजकमा प्रत्युस राना, सचिवमा संदीप राई, प्रदेश २ को इन्चार्जमा निरन्जन झा, सह–इन्चार्जमा अरुण यादव, संयोजकमा अर्जुन सिंह, सचिव दीग्म्बर पाठकलाई जिम्मेवारी दिइएको छ ।

बागमती प्रदेशको इन्चार्जमा रोशन थापा, सह–इन्चार्जमा मीन श्रेष्ठ, संयोजकमा फुर्वा लामा, गण्डकी प्रदेशको इन्चार्जमा कृष्ण विश्वकर्मा, सह–इन्चार्जमा हीरालाल विक, संयोजकमा कमल गैरे, लुम्बिनी प्रदेशमा इन्चार्ज सरिता श्रीस, सह–इन्चार्जमा हिमा थापा, संयोजकमा किशोर थापा, सचिवमा किरण नेपाल रहेका छन् ।

कर्णाली प्रदेशमा इन्चार्जमा खडक शाही, सह–इन्चार्जमा आदीप्रसाद न्यौपाने, मन्जु रावल, संयोजकमा अनिल बोगटी, सुदूरपश्चिम प्रदेशमा इन्चार्ज प्रकाश रोकाय, सह–इन्चार्जमा मदन गिरी, संयोजक बाबुराजा श्रेष्ठ, सचिवमा मोहन साउद र गैरभौगोलिक प्रदेशमा इन्चार्ज अशोक दाहाल र संयोजकमा बिकास ज्ञवाली रहेका छन् ।

संगठन बिभागको प्रमुखमा नितेश पौडेल, स्कुल बिभाग प्रमुखमा कृष्णहरि केसी, प्रचार बिभाग प्रमुखमा संजिप राई, आर्थिक बिभाग प्रमुखमा दीपक दवाडी, कार्यालय बिभाग प्रमुखमा नरेश गिरी, महिला बिभाग प्रमुखमा प्रेमा लामा, बिदेश बिभाग प्रमुखमा निर्भिक खनाल, प्रकाशन विभाग प्रमुखमा लक्ष्मण घिमिरे सहित बिभिन्न ३५ बिभागका प्रमुख तोकिएको संघका प्रचार बिभाग प्रमुख राईले बताए ।

स्थायी कमिटीमा ९६ सदस्यीय र सचिवालय २१४ सदस्यीय बनाइएको छ । जिल्लाहरूको इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी समेत बाँडफाँड गरिएको छ ।