९ कार्तिक २०८३, सोमबार

सडक खन्दा ढुङ्गा लागेर एक पुरुषको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

डोटी, १० वैशाख । सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर आज यहाँ एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार ढुङ्गा लागेर मृत्यु हुनेमा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–६ रौकल्लाका ४५ वर्षीय नरी साउद रहेका छन् ।

खातिवडा–चिचकाट्टे–दल्लेख सडक निर्माणका क्रममा सुप्रप ०१००१ क १५३६ नम्बरको जेसिबीले सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर साउदको घटनास्थलमै ज्यान गएको हो ।

जेसिबिका चालक कैलालीको गोदावरी नगरपालिका अत्तरियाका २२ वर्षीय शेर जोरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन चन्दले जानकारी दिए । –रासस