नयाँदिल्ली, १० वैशाख । भारतको महाराष्ट्रको वसाइमा अवस्थित विराज वल्लभ कोभिड अस्पतालमा आगलागी भएको छ ।
आगलागीमा परी कम्तीमा १३ जना बिरामीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो। आगलागी भएको अस्पताल मुम्बईबाट ७० किमीको दूरीमा रहेको छ ।
शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको बताइएको छ । अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेका छन् ।















प्रतिक्रिया