काठमाडाैं, १० वैशाख । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १५ सयमै पीसीआर परीक्षण गर्ने भएको छ ।
नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेसँगै परीक्षण गर्ने पनि बढेपछि केएमसीले शुक्रबारबाट पीसीआर परीक्षण शुल्क घटाएको हो ।
केएमसीका अध्यक्ष डा. सुनिल शर्माका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेकाले संकटको अवस्थामा सर्वसाधरणलाई केही राहत पुर्याउन पीसीआर परीक्षण शुल्क घटाइएको छ ।
सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेकोभन्दा पाँच सय रुपैयाँ कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्न थालेको छ ।
यसअघि केएमसीले १ हजार ९ सय ९९ मा पीसीआर परीक्षण गर्दै आएको थियो । पीसीआर परीक्षण गरेर ६ घण्टामै रिपोर्ट दिइनेसमेत केएमसीले जनाएको छ ।











प्रतिक्रिया