८ कार्तिक २०८३, आइतबार

नेपालमा मोटोरोलाको पुनरागमन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । आफ्ना स्थापित जि र इ वर्गबाट दुई वटा नवीनतम अत्यन्त लोकप्रिय विश्वव्यापी उत्पादनहरूका साथ मोटोरोलाले नेपालमा पुनरागमनको घोषणा गरेको छ ।

मोटोरोलाको नेपालमा पुनरागमन आफ्नो राष्ट्रिय वितरक कलमोबिलिटी प्रा.लि. को साथमा भएको विज्ञप्तिमा उल्लेख छ ।

सन् २००७ मा, कलमोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सि सिरिज जस्ता यसका परम्परागत मोडलहरू ल्याएको थियो ।

नेपालमा यी मोडलहरू अत्यन्त लोकप्रिय थिए र बजारबाट बहिर्गमन नहुन्जेल मोटोरोला मोबाइलका ब«याण्डहरूमा नेपालमा अग्रणी ब्रयाण्डका रुपमा रहि रह्यो ।

मोटोरोला कलमोबिलिटीको समूहसँग सहकार्य गरेर यो आकर्षण पुनःसिर्जना गर्ने लक्ष्य राख्दछ ।