९ कार्तिक २०८३, सोमबार

भक्तपुरमा दुर्घटना, एक जनाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ९ वैशाख । भक्तपुरको गठ्ठाघरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यानको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य एक जना घाइते भएका छन् । बुधवार राति सवा ९ बजे बा ३ ख ४४६५ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको रा २ प ४४३७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने कैलालीको धनगढीका ४३ वर्षीय पद्मराज पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाठकको उपचारका क्रममा बुधवार राति मध्यपुर अस्पताल थिमिमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक दाङका २५ वर्षीय उमेश चौधरी घाइते भएका छन । उनको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।