१४ कार्तिक २०८३, शनिबार

ओली-नेपाल वार्ता सकियो, छलफल सकारात्मक भएको भनाइ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

वुधबार साँझ मेरियट होटलमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्ता सकेर दुवै नेताहरु बाहिरिएका छन् । उनीहरुबीच के के कुराकानी भयो भन्नेबारे केही खुलेको छैन । दुवै जनाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन चाहेनन् ।

उनीहरुबीच करिब डेढ घण्टा वार्ता भएको थियो ।

दुवै हँसिलो मुद्रामा बाहिर निस्केका कारण छलफल सकारात्मक भएको अनुमान गरिएको छ भने प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले वार्ता सकारात्मक भएको बताए ।